Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कान्ति अस्पतालले ठुलो संख्यामा डाक्टर माग्यो 


    सोमबार, भाद्र २७ २०७९
    675
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । कान्ति बाल अस्पताल महाराजञ्जले ठुलो संख्यामा डाक्टर माग गरेको छ । कान्तिले आज अस्पतालको सघन कक्षको सेवा विस्तारका लागि करार सेवामा दखास्त आवाह्न गरेको हो । 

    अस्पतालले सूचना जारी गर्दै सात दिनभित्र योग्यता पुगेका नेपाली नागरिकलाई दरखास्त पेश गर्ने आग्रह गरेको छ । मेडिकल अधिकृत आठौँ तह, स्वास्थ्य, जहेस २० जना र बायामेडिकल इञ्जिनियर, आठौँ तह एक जनाका लागि योग्यता पुगेका इच्छुक व्यक्तिले लोक सेवा आयोगद्वारा निर्धारित ढाँचाको फाराम रितपूर्वक भरी दरखास्त पेश गर्नुपर्ने छ । 

    नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षक संस्था वा विश्वविद्यालबाट सम्बन्धित विषयमा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूची ६ बमोजिम समूह र उपसमूहमा रहने पदहरुको लागि तोकिएको योग्यता पूरा गरेको हुनपर्ने अस्पतालको सूचनमा उल्लेख छ । 

    योग्यता भएका नागरिकका उमेर १८ वर्ष देखि ४५ वर्ष ननाघेको हुनुपर्ने छ । उम्मेदवारहरुले दरखास्त फारम भरी अस्पतालको हिमालयन बैंकमा एक हजार जम्मा गरेको सक्कली भौचर संलग्न गरी अस्पतालको दरखास्त संकलन केन्द्रमा बुझाउन कान्तिले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार