Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मिटरब्याजी नियन्त्रण गर्न बनेको कार्यदलले बुझायो प्रतिवेदन


    सोमबार, भाद्र २७ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। मिटरब्याजीहरुलाई नियन्त्रण गर्न सरकारले बनाएको कार्यदलले गृहमन्त्री बालकृष्ण खाणँलाई प्रतिवेदन बुझाएको छ । सोमबार मिटरब्याजी समस्या छानविन कार्यदलका संयोजक डा.भीष्मकुमार भुसालले गृहमन्त्री खाणलाई प्रतिवेदन बुझाएका हुन् । 

    कार्यदलअनुसार मिटरब्याजीविरुद्ध २ हजार २ सय ८९ वटा उजुरी परेका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका उजुरीमध्ये ५९ वटाको विवाद समाधान भइसकेको र सात वटाको अदालतमा मुद्धा दर्ता भएको कार्यदलले बताएको छ । 

    प्रधानमन्त्रीको निर्देशनमा साउन २७ गते कार्यदल बनेको थियो । कार्यदलले भदौ ५ गते मिटरब्याजीविरुद्ध प्रमाणसहित उजुरी दिन सार्वजनिक सूचना निकालेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार