Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु काठमाडौं आइपुगे


    सोमबार, भाद्र २७ २०७९
    840
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । चार दिने भ्रमणको लागि चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु काठमाडौं आइपुगेका छन् । उनी साढे ३ बजे त्रिभुवन विभानस्तलमा अवतरण गरेका हुन् । उनलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् । 

    सभामुख सापकोटाको निमन्त्रणामा आएका अध्यक्ष लिले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् । उनी विमानस्थलबाट सिधै उनको बस्ने व्यवस्था गरिएको सोल्टी होटल गएका छन् ।

    उनी नेपाली समकक्षी सापकोटासँग भेटवार्ताका लागि लि संसद् भवन नयाँ बानेश्वर जानेछन् ।

    सभामुखले लिको सम्मानमा सोमबार रात्रिभोजको आयोजना गरेका छन् । 

    त्यस्तै, मंगलबार अध्यक्ष लिले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष लि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने छन् । 

    त्यसपछि बिहीबार बिहान चिनियाँ जनकंग्रेस अध्यक्ष ली दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार