Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बालुवाटारमा सिट बाँडफाँडको टुंगो लगाउन गठबन्धनका शीर्ष नेता पाँच घन्टादेखि छलफलमा


    सोमबार, भाद्र २७ २०७९
    620
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको सीट बाँडफाँडका लागि आज बिहान १० बजेदेखि सुरु गरेको बैठक पाँच घन्टा बितिसक्दा पनि जारी रहेको छ। 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको स्रोतले जनाएको छ । बिहान १० बजेदेखि सुरु बैठक खाना, खाजापछि पनि चलिरहेको छ । बैठकमा पाँच दलका शीर्ष नेताहरुको उपस्थिति रहेको छ। 

    कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले ९० सिटको मात्र भागबन्डा लगाएर तयार पारेको अपुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको छ । अब बाँकी ७५ सिटमा सिट बाँडफाँडको जिम्मा शीर्ष नेतालाई दिइएको छ । ९० सिटमा पनि १० स्थानमा दोहोरो र १५ स्थानमा तेहेरो दाबी परेको छ । सोही कारण दलहरूलाई सिट बाँडफाँडमा सकस परेको हो ।

    कार्यदलका एक सदस्यले आजै सिट बाँडफाँडको टुंगो लगाउने बताए ।

    कांग्रेसमा एक सय सिटभन्दा तल नझर्न शेखर कोइराला पक्षको चर्को दबाब छ । माओवादीले ६० र एकीकृत समाजवादीले ४० सिटमा दाबी गरेका छन् । जसपाले ३२ सिट पाउनुपर्ने अडान राखेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार