काठमाडौं, ७ चैत । कोरोना भाइरसको त्रासका बीच शुक्रबार बिहान ७ बजेर १९ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको केन्द्र चीन भनिएको छ । तर एकीन विवरण आइसकेको छैन ।
भूकम्पको केन्द्र र कति स्केलको हो भन्ने बारेमा थप विवरण आउन बाँकी छ ।
कोरोना भाइरस संक्रमणको त्रासमा रहेका नागरिकलाई एकाविहानैको भूकम्पको धक्काले थप त्रसित बनाएको छ ।