काठमाडौं। सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।
पूर्व पश्चिम राजमार्गमा प्रदेश २ ०१ ००२ प ३९९३ नम्बरको मोटरसाइकल सडकमा रहेको कुकुरलाई बचाउने क्रममा आज बिहान साढे ८ बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सप्तरीकै बोदेवर्साइन नगरपालिका–२ की ४५ वर्षीया अञ्जना देवी यादवलाई अस्पताल र्पुयाउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चालक भने सकुशल रहेको सप्तरी प्रहरीले जनाएको छ ।