Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रख्यात स्पेनी लेखक जेभियरको निधन 


    सोमबार, भाद्र २७ २०७९
    605
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। अवार्ड विजेता स्पेनिस लेखक जेभियर मारियासको आइतबार निधन भएको छ। उनको ७० वर्षको उमेरमा निधन भएको बताईएको छ। एक महिनादेखि निमोनियासँग लडिरहेका मारियासले सन् २००२ देखि २००७ सम्म प्रकाशित भएको “योर फेस टुमोरो“ ट्रायलजी सहित १६ पुस्तकहरू लेखेका थिए।

    उनको निधनमा स्पेनका प्रधानमन्त्री पेड्रो स्यान्चेजले गहिरो दुःख व्यक्त गरेका छन् ।  प्रधानमन्त्री सान्चेजले ट्वीट गर्दै भनेका छन्, ‘स्पेनिश अक्षरहरूका लागि दुखद दिन। जेभियर मारियासले हामीलाई छोडे । उनी हाम्रो समयका महान लेखकमध्ये एक थिए ।’

    उनका पुस्तकहरू ५६ देशमा प्रकाशित भइसकेका छन् । उनका पुस्तक ४६ विभिन्न भाषाहरूमा करिब ९० लाख प्रति बिक्री भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार