काठमाडौँ । डडेल्धुरामा लडेर एक किशोरको ज्यान गएको छ। जिल्लाको आलिताल गाउँपालिका ६ का १८ वर्षीय प्रकाश थापाको धिमाडा बजकोट भन्ने ठाउँमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयले किशोरको मृत्यु भएको पुष्टि गर्दै शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको जानकारी दिएको छ।
ती किशोर कुनै ठाउँमा लडेर घाइते अवस्थामा घर पुगेका थिए । घाइते उनको घरमै निधन भएको प्रहरीले बताएको छ ।