Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौँबाट एक केजी सुनसहित दुई जना पक्राउ 


    आइतबार, भाद्र २६ २०७९
    435
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिका–४ महाराजगन्ज शंखपार्कस्थित सडकबाट एक केजी सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा धादिङ रुबीभ्याली गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायतलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 

    विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार