काठमाडौँ। कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको मिस ग्राण्ड नेपाल २०२२ को ताज ऐश्वर्य श्रेष्ठले हात परेकी छन्। यस प्रतियोगितामा सहभागी १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् ।
श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को ताज हासिल गर्नुको साथै नगद रु. ६ लाख रुपैया पुरस्कार पाएकी छन् । नवविजेता श्रेष्ठले इन्डोनेसियाको बालीमा हुने मिस ग्राण्ड इनटरनेस्नलमा नेपालबाट सहभागीता जनाउनेछिन् ।
प्रतियोगितामा फ्रस्ट रन्नर अप बर्षा भण्डारी र सेकन्ड रन्नर अप रक्षा उप्रेती भएकी छन् ।
यस कार्यक्रम लाजिम्पाट स्थित होटेल शंकरमा आयोजना गरिएको थियो।