Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भैंसी चराउन जाँदा बाघको आक्रमणबाट एक जनाको मृत्यु


    आइतबार, भाद्र २६ २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । चितवनमा भैंसी चराउन गएका माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार स्थानीय मध्यवर्ती सामूदायिक वन अमलियामा भैंसी चराउन घर फर्किएका अधिकारीलाई बाटोमा बाघले आक्रमण गरेको हो ।

    प्रहरीले आइतबार बिहान साढे ८ बजे बाघले खाएको जस्तो अवस्थामा अधिकारीको शवलाई जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनकाले जानकारी दिए ।

    शनिबार करिब १ बजेको समयमा सूर्यनाथ अधिकारी र उनको छोरा २५ वर्षीय होम बहादुर अधिकारी दुवै जना जंगलमा भैँसी चराउन गएका थिए । छोराले आफुले भैंसी चराएर आउने भनी बुबालाई घर पठाएका थिए । त्यसपछि घर फर्किएका सूर्यनाथ बाटोबाटै बेपत्ता भएका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार