Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक १ लाख १५ हजार म्यादी प्रहरीका लागि खुल्यो भर्ना


    आइतबार, भाद्र २६ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयले एक लाख १५ हजार म्यादी प्रहरी लागि भर्ना खुला गरेको हो । 

    त्यसको लागि इच्छुक नेपाली नागरिकले भदौ ३० देखि असोज ६ गतेसम्म दर्खास्त दिन सक्ने छन्। प्रधान कार्यालय नक्सालले जारी गरेको  सूचना अनुसार म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउने छन् । 

    जिल्ला प्रहरी परिसर (काठमाडौ, भक्तपुर, ललितपुर) र सबै जिल्ला प्रहरी कार्यालयमा दरर्खास्त फारम पाइने छ । उनीहरुको कार्यदिन ४० दिनसम्म हुने छ । त्यो अवधिमा म्यादी प्रहरीले ३४ हजार बढी तलब पाउने कार्यालयले जनाएको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार