Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


    आइतबार, भाद्र २६ २०७९
    530
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  र बाँकी प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

    आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू(भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    सोमबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार