Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला साफ: बंगलादेश सेमिफाइनलमा, पाकिस्तान ६–० गोलले पराजित


    शनिबार, भाद्र २५ २०७९
    595
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित हो ।

    बंगलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल गरिन् । बंगलादेशको यो लगातार दोस्रो जित हो ।पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई हराएको थियो । 

    जितसँगै समूह ‘ए’ को बंगलादेशले २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै बंगलादेश फाइनलमा पुगेको हो । पाकिस्तानको लगातार यो दोस्रो हार हो । पाकिस्तान भारतसँग ३–० गोलले पराजित भएको थियो । अर्को खेलमा आजै भारतले माल्दिभ्ससँग खेल्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः ३० बजे सुरु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार