Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतबाट लागूऔषध ओसारपसार गरेको आरोपमा युवक पक्राउ 


    शुक्रबार, भाद्र २४ २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । भारतबाट लागूऔषध ओसारपसार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पर्साको ठोरी गाउँपालिका २ सितागुफाबाट भारतबाट लुकाइछिपाई ल्याएको लागूऔषधसहित उनलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो । 

    पक्राउ पर्नेमा सोही गाउँपालिका ३० वर्षीय रबिन्द्र कुमार साह हुन् । भारतको भिखनाबाट जुटको बोराभित्र विभिन्न लागूऔषध लुकाएर पैदल यात्रा गरी नेपाल आउने क्रममा उनलाई समातिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

    सितागुफा नजिक सडक खण्डमा शंकास्पद रुपमा टाउँकोमा जुटको बोरा लिएर हँडिरहेका उनको साथबाट कोडिवेल कफ सिरप १०० मिलीलीटरका ४ चार सय ७४ बोत्तल बरामद गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका साहलाई लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार