Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शीर्ष नेताको कार्यव्यस्ताका कारण गठबन्धन बैठक स्थगित


    शुक्रबार, भाद्र २४ २०७९
    900
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । शीर्ष नेताहरुको कार्यव्यस्ताका कारण सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । सिट बाँडफाँट टुंगो लगाउन आज  दिउँसो ३ बजे बस्ने भनिएको बैठक भोलि ४ बजे बस्ने गरी स्थगित गरिएको हो । 

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक बस्न नसकेको बताइएको छ ।

    यसअघि सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।  शीर्ष नेताको बैठकले भने सिट बाँडफाँट गर्न बाँकी छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार