काठमाडौँ। काठमाडौं महानगरपालिकाले केहि हप्तादेखि अवैध संरचनाहरू हटाउने अभियान जारी राख्दै महानगरले पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउने भएको छ। महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा -पनि अटेर गरेको भन्दै शनिबारदेखि अव्यवस्थित संरचना हटाउने तयारी गरेको छ ।
काठमाडौं महानगरपालिका वडा–८ का वडा अध्यक्ष आशामान संगतले पशुपतिनाथ वरपर रहेका अवैध संरचनाहरू तत्काल हटाउन व्यवसायीहरू आग्रह गरेका हुन् ।
पटक पटक आग्रह गर्दा पनि व्यवसायीहरूले नमाने पछि आफै फिल्डमा उत्रिनु परेको वडाअध्यक्ष आशामान संगतले बताए । उनले काठमाडौं महानगरले अव्यवस्थितसंरचना हटाउदैँ आईरहेको र वडाअध्यक्षहरूको यसमा साथ समर्थन रहेको र अव्यवस्थित संरचनाहरू खालि गराउन सके सबैमा समस्याको समाधान हुने बताए ।
पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाहरू भाडामा दिएर भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचनाहरू आजबाट बन्द गरिएको समेत वडाअध्यक्ष संगतले जानकारी दिए ।
काठमाडौं महानगर पालिकाले हाल महानगर भित्र रहेका अवैध संरचनाहरू हटाउदैँ आइरहेको छ ।


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend