Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महारानीको निधनपछि चार्ल्स बने बेलायतका राजा


    शुक्रबार, भाद्र २४ २०७९
    570
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपपछि उनका जेठा छोरा चार्ल्स  बेलायतका राजा बनेका छन् ।

    ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए ।  उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका हुन् ।

    महारानीको निधनपछि उनका जेठा छोरा पूर्व प्रिन्स अफ वेल्स चार्ल्सले बेलायतकाे नयाँ राजा र १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुखका रूपमा शोक मनाउने छन्।

    बेलायतकी महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ नै हुन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार