Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली आज चितवन जाँदै 


    शुक्रबार, भाद्र २४ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन्। 

    आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन जान लागेका हुन् । कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन जान लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने छन् ।

    त्यस्तै, एमाले अध्यक्ष ओली भने मातृ शोकमा रहेका एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न चितवन जान लागेका हुन् । बादलकी आमाको निधन भएको आज छ दिन पुगेको छ ।

    भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित बादल निवासमा ओली र बादलबीच करिब एक घण्टा भेटघाट रहेको एमाले नेतृ पार्वती रावलले जानकारी दिइन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार