Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजेन्द्र लिङ्देनको चुरीफुरी समाप्त पार्न दुर्गा प्रसाईले स्वतन्त्र उम्मेदवारी दिंदै


    शुक्रबार, भाद्र २४ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • झापा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई अन्ततः स्वतन्त्र उम्मेद्बार बन्ने भएका छन् ।

    एक बर्षदेखि झापा ३ नम्बर क्षेत्रलाई आफ्नो कार्यथलो बनाएर सामाजिक काम तथा पार्टी संगठन गर्दैआएका काम गर्दै आएका प्रसाईंलाई पार्टीले उम्मेद्वारी नदिए स्वतन्त्र उम्मेद्बार बनाउन २ हजार भन्दा बढी एमाले युवाहरूले एमाले परित्याग गर्नेगरी छलफल सुरु गरेको स्रोतले बतायो ।

    झापा ३ मा एमाले र राप्रपाको तालमेल हुने चर्चा छ । तालमेल भएमा एमालेले सो क्षेत्र  छोड्नुपर्ने हुन्छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई उक्त क्षेत्र नछाड्ने र छोड्नुपरे स्वतन्त्र रूपमा उम्मेद्वारी दिनेगरी प्रसाईंले एमालेका युवाहरूसँग छलफल सुरु गरेका छन् । यदि राप्रपा अध्यक्ष लिङ्देनलाई उक्त क्षेत्र छाडेमा प्रसाई स्वतन्त्र उम्मेदवारी दिने अन्तिम तयारीमा रहेका छन् । 

    २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेकै सहयोगमा प्रतिनिधिसभा सदस्य जितेका लिङ्देनले ५ बर्षसम्म एमालेकै कार्यकर्तालाई दुःख दिएको र हल्दीवारी र कचनकवलमा एमालेविरुद्ध काम गरेका कारण समेत उनलाई कुनै पनि हालतमा सहयोग नगर्ने भन्दै सार्वजनिक रुपमै बिरोध शुरु भएको छ । जुन बिरोधलाई प्रसाईले पनि मलजल गर्ने काम गरिरहेका छन् । ५ दलबीच गठबन्धन भएमा एमाले अध्यक्ष केपी ओलीलाई झापाको ५ नम्बर क्षेत्रमा जित्नका लागि कठिन हुने देखिएपछि राप्रपालाई क्षेत्र नं ३ दिने निश्चित छ ।

     प्रसाईले समेत एमालेको आफू पार्टीको हली नभएको भन्दै लिङ्देनलाई कुनै पनि हालतमा सहयोग नगर्ने सार्वजनिक रुपमै कार्यक्रममा बोल्दै आएका छन् ।

    प्रसाई स्वतन्त्र उम्मेद्बार बने पार्टीबाहेकको स्वतन्त्र मत मध्ये करीब ८० प्रतिशत प्रसाईंको पोल्टामा जानसक्ने आँकलन एमालेका केही युवाहरुले गरेका छन् । त्यही आँकलनका आधारमा प्रसाई हौसिएर स्वतन्त्र उम्मेदवारी दिन तम्सिएका छन् । जबकि ओलीले झापा आन्दोलनका योद्धा नरेश खरेलदेखि पार्टीका प्रभावशाली नेता एलपी साँवालाई उपेक्षा गरी प्रसाईलाई एकैचोटी क्रेनले तानेर केन्द्रीय सदस्य बनाएका थिए । जसको बिरोध हुँदैआएको छ ।  

    प्रसाईले  स्वतन्त्र उम्मेद्बारी दिएमा कांग्रेस र उनको कडा प्रतिस्पर्धा हुनसक्ने रिपोर्ट एमालेका केही कार्यकर्ताले दिएका छन् । उनीहरुले प्रसाईलाई पार्टीले उम्मेद्बार बनाए पुरानो बिरासत एमालेले फर्काउनसक्ने भनेपछि उनी उत्साहित भएर स्वतन्त्र उम्मेदवारी दिने तरखरमा लागेका छन् ।

    माओवादी पार्टीबाट बिद्रोह गरी एमाले प्रवेश गरी केन्द्रीय सदस्य समेत रहेका प्रसाईंलाई प्रतिनिधिसभामा उम्मेदवार बनाउनुपर्ने, लिङ्देनलाई क्षेत्र छाडे बिद्रोह हुनसक्ने भन्दै प्रसाईले एमालेका केही कार्यकर्तालाई उकासिरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार