Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेना र प्रहरीलाई मेयर साहको पत्र


    बिहिबार, भाद्र २३ २०७९
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई १० दिनभित्र बहाल कर तिर्न निर्देशन दिएको छ । आज महानगरले ती सरकारी कार्यलयलाई दश दिनभित्र बहाल कर तिर्न पत्राचार गरेको हो । 

    यसअघि पटक पटक कर बुझाउन ताकेता गरे पनि हालसम्म नबुझाएको भन्दै महानगरले तोकिएको समयभित्र बहाल आम्दानीको विवरणसहित सम्बन्धित वडा कार्यालयमा गएर कर तिर्न आग्रह गरेको छ । 

    तोकिएको समयमा बहाल कर र जरिवाना नतिरेमा महानगरपालिका राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरेर सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाउने महानगरले चेतावनी दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार