Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्सेमा सामान्य गिरावट, काराेबार रकम कति ?


    बिहिबार, भाद्र २३ २०७९
    685
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। साताको पाँचौ कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से २.२३ अंकले घटेर १९३७.७४ अंकमा बन्द भएको छ । 

    बिहीबार नेप्सेमा गिरावट आए पनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट आएको छ ।

    आज कारोबार रकममा भने केही सुधार भएको देखिन्छ । आज बजारमा ३४ लाख १ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब चार करोड ४४ लाख ४१ हजारको कारोबार भएको छ । 

    जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १३ करोड १० लाख ४५ हजार र रिडी हाइड्रोपावरको चार करोड ४४ लाख ८१ हजारको कारोबार भएको छ ।

    जसअनुसार कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा ११७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ६१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । आज कारोबार भएकामध्ये ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.४९ प्रतिशतले वृद्धि हुँदा मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ४.०९ प्रतिशतले वृद्धि भएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार