Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा कार्यदलकाे बैठक जारी 


    बिहिबार, भाद्र २३ २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ गठबन्धनको सिट बाँडफाँटको टुङ्गो लगाउन बसेको कार्यदलको बैठक अहिले जारी छ । बिहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको कार्यदल बैठक अझै जारी रहेको हो । 

    बुधबार बसेको कार्यदल बैठकले सिट बाँडफाँट प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने सहमति गरेका थिए । तर, गठबन्धनमा आबद्ध दलहरु आफ्नो-आफ्नो अडानमा अडिग रहँदा सिट बाँडफाँटमा झमेला परेको छ । 

    सिट बाँडफाँटको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक पटक-पटक बसेको भए पनि सहमतिमा भने पुग्न सकेको छैन। आज बसेको कार्यदलको बैठक लम्बिएपछि शीर्ष नेताहरूको बैठक पनि सारिएको छ। दिउँसो १ बजे शीर्ष तहमा बैठक बस्ने भनिएको थियो। तर, अब ३ बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार