Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी


    बिहिबार, भाद्र २३ २०७९
    565
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

    एक नाबालिक किशोरीले आफुलाई करणी गरेको भन्दै कप्तान लामिछोनेविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । त्यसबारे अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमाति मागेको थियो ।

    अदालतले पक्राउ अनुमति दिएको छ र प्रहरीले अब उनलाई कुनै पनि समयमा पक्राउ गर्न सक्ने छ ।

     उक्त घटना बारे नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन्। लामिछाने  क्यानसंग कानुनी सहायताका लागि आग्रह  गरेका छन् । लामिछाने हाल देश बाहिर छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार