Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दसैँका लागि आजदेखि बजारमा नयाँ नोट आयो


    बिहिबार, भाद्र २३ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • कठमाडौँ। नेपाल राष्ट्र बैंकले दसैँका लागि आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ । बैंकले दसैं लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा बाणिज्य र विकास बैंकहरुबाट सटही सुविधा उपलब्ध गराउन सुरु गरेको हो । 

    पहिलो दिन ८ वटा वाणिज्य बैंकहरुलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गर्ने छ । 

    यस्तै विकास बैंकहरुलाई राष्ट्र बैंकले आजै करिब ३० करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराउनेछ भने अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई यसैगरी क्रमशः नयाँ नोट उपलब्ध गराउँदै जाने छ ।

    अब सर्वसाधारणले यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् । एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ ।

    यस वर्षका लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार