काठमाडौँ। झापामा एक जना ५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई करणी गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको छ ।