Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्कुल कलेजका विद्यार्थी लक्षित चेकिङ, १२ सय भन्दाबढी विद्यार्थी चालकमाथि कारवाही 


    बिहिबार, भाद्र २३ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङमा हालसम्म १२ सय ४१ जना विद्यार्थी ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् ।

    उपत्यकामा गत साउन ३० गतेबाट शुरू भएको अभियान अन्तर्गत हालसम्म उक्त संख्यामा विद्यार्थी चालकलाई कारवाही गरिएको हो । 

    स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज विहान मात्र ३९ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

    आज बिहान काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङ्गमा कागजपत्र साथमा नभएका १७ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १० जना, तिव्र गतिमा चलाउने ८ जना, नम्बर प्लेट दुरुस्त नभएका २ जना र तीन जना सवार २ जना गरि ३९ जना विद्यार्थी चालकलाई कारवाही गरिएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार