काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
त्यस्तै,तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कायम भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।