काठमाडौँ। चर्चित गायक शिव परियारले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि लागेको आरोपलाई समर्थन गर्दै उनले नेपालमा मौलाएको बलात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर गर्न अत्यन्त जरुरी रहेको बताएका छन् ।
एक १७ वर्षीया बालिकाले आफुलाई पटक-पटक करणी गरेको भन्दै कप्तान सन्दीप लामिछानेमाथि उनले मंगलबार प्रहरीकोमा उजुरी दिएकी थिइन्। त्यस घटनाप्रति लक्षित गर्दै गायक परियाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन्।
‘नेपाल सरकार, यो पेशेवर पीडित भनौंदाहरुलाई पनि व्यवस्थित गरी कारबाही गर्ने कुनै कानुनको धारा होला नि ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिद्ध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो, कृपया अनुसन्धान होस्,’ गायक परियारले फेसबुकमा लेखेका छन् ।