Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवैध उत्खननमा प्रयोग भएका चार ट्रयाक्टर प्रहरी नियन्त्रणमा


    बिहिबार, भाद्र २३ २०७९
    485
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । अवैध उत्खननमा प्रयोग भएका चार ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  बुधबार मोरङको लेटाङ नगरपालिका, ३ चिसाङ खोलामा अवैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा, गिटी बालुवा उत्खनन् गरिरहेको अवस्थामा ती ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

    जसमा प्रदेश नं.२-०३-०० त २११६, को २ त ४३११, को २ त ७०२३ र को ३ त ७३१ नम्बरका ट्रयाक्टरहरू छन् । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले ती ट्रयाक्टरहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार