Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारी वर्षासँगै गएको पहिरोमा पुरिएर १५ जनाको मृत्यु


    बुधबार, भाद्र २२ २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । भारी वर्षासँगै अफ्रिकी मुलुक युगाण्डामा गएको पहिरोमा पुरिएर १५ जनाको ज्यान गएको छ । दक्षिणपश्चिम युगाण्डाको दुर्गम कसेसे भन्ने ठाउँमा गएराति गएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । 

    युगाण्डाको रेडक्रसले पहिरो प्रभावित समुदायबाट १५ जनाको शव निकालिएको जानकारी दिएको छ । रेडक्रसका अनुसार मृत्यु हुनेमा अधिकांश आमा र बालबालिका रहेका छन् ।

    सोही स्थानबाट ६ जना घाइतेको जीवितै उद्धार गरिएको छ । उनीहरूको कासेसेको सेन्ट पल अस्पतालमा उपचार भईरहेको रेडक्रसले जनाएको छ । 

    कङ्गोको सिमाना नजिक रहेको कसेसेमा वर्षायाममा माटो खस्ने समस्या छ । रेडक्रसका अनुसार युगाण्डका पुलिस र अन्य अधिकारीहरूको उद्धार कार्य जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार