Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन बर्षभित्र मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुनेछः मन्त्री भूसाल 


    बुधबार, भाद्र २२ २०७९
    795
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी छन् । 

    बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीब्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी हुन् । उनले चालु आर्थिक वर्षमा नेपालमा विद्युत आयात भन्दा विद्युत निर्यात बढी भई नेपाल खुद विद्युत निर्यातकर्ता देश बन्ने अवस्थामा पुगेको दाबी गरिन् ।

     मन्त्री भुसालले भनिन्–नेपालले भारतको इनर्जी एक्सेन्ज बजारमार्र्फत् ३६४ मेगावटसम्मको विद्युत खरिद बिक्री गर्ने गरेको छ । विद्युत प्राधिकरणले भारतमा निर्यात हुने विद्युत भारु ५ रुपैयाँ ७१ पैसा प्रतियुनिटमा बेचिरहेको छ । 

    मन्त्री भुसालले विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा ३ अर्ब ८४ करोडको विद्युत निर्यात गरेको भन्दै चालु आर्थिक वर्षको अन्त्यसम्म १६ अर्बको विद्युत निर्यात हुने प्रक्षेपण गरिएको बताइन् । उनले चालु आर्थिक वर्षको साउन महिनामा १ अर्ब ८४ करोड विद्युत निर्यात गरेको जानकारी दिएकी छन् । मन्त्री भुसालले विद्युत निर्यातले भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान पुग्ने बताइन् ।

    उनले भनिन्–‘पछिल्लो समय तीब्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षभित्र देश पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुनेछ । चालु आर्थिक बर्षमा कुल विद्युत आयात भन्दा कुल विद्युत निर्यात बढी भई नेपाल खुद विद्युत निर्यातकर्ताको रुपमा पुग्ने अवस्था देखिएको छ । नेपालले भारतको इनर्जी एक्सेन्ज बजारमार्र्फत् ३६४ मेगावटसम्मको विद्युत खरिद बिक्री गर्ने गरेको छ । रुस र युक्रेनको युद्धको कारण समग्र विश्व बजारमा विद्युतको मूल्य बढेको छ । ९ डिसेम्बरदेखि जुन १ गतेसम्म निर्यात गरेको विद्युत भारु ४ रुपैयाँ ९५ पैसा प्रति युनिट रहेको छ । भने जुन २२ देखि सेम्टेम्बर २२ सम्म भारतमा निर्यात गरिएको विद्युतको मूल्य भारु ५ रुपैयाँ ७१ पैसा प्रति युनिट रहेको छ । विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा ३ अर्ब ८४ करोडको विद्युत निर्यात गरेको थियो । चालु आर्थिक वर्षको साउन महिनामा १ अर्ब ८४ करोड विद्युत निर्यात गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १६ अर्बको विद्युत निर्यात हुने प्रक्षेपण गरिएको छ । यसबाट भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान गर्ने देखिन्छ । नेपालले वार्षिक रुपमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पाँच वर्ष मात्रै बाँकी छ । अहिलेसम्म विद्युत खरिद बिक्रि सम्झौता र विद्युत उत्पादनको अवस्था हेर्दा पाँच वर्षमा उक्त लक्ष्य पूरा गर्न कठिन छ । असहिले देशमा विद्युत जडित क्षमता २२ सय मेगावाट पुगेको छ । गत आर्थिक वर्षमा ७ सय मेगावाट विद्युत राष्ट्रिय पशारण लाइनमा जोडियो । चालु आर्थिक वर्षमा करिव ८ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने प्रक्षेपण गरिएको छ । नेपालको विद्युत क्षेत्रमा निजी क्षेत्रले गरेको योगदान प्रशंसनिय रहेको छ । जलाशययुक्त जलविद्युतको आयोजनामा निजी क्षेत्रको आकर्षण देखिएको छैन । जलविद्युत उत्पादनलाई तीब्रता नदिने हो भने जलविद्युत उत्पादनको लक्ष्य पूरा गर्न सकिदैन ।’
     
    मन्त्री भुसालले नेपालले वार्षिक रुपमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पाँच वर्षमात्रै बाँकी रहेको बताइन् । उनले अहिलेसम्म विद्युत खरिद बिक्री सम्झौता र विद्युत उत्पादनको अवस्था हेर्दा पाँच वर्षमा उक्त लक्ष्य पूरा गर्न कठिन रहेको बताइन् । 

    उनले मुलुकमा विद्युत जडित क्षमता २ हजार २ सय मेगावाट पुगेको जानकारी दिएकी छन् । मन्त्री भुसालले गत आर्थिक वर्षमा ७ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको भन्दै चालु आर्थिक वर्षमा करिव ८ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने प्रक्षेपण गरिएको बताइन् । उनले जलाशययुक्त जलविद्युतको आयोजनामा निजी क्षेत्रको आकर्षण नदेखिएको बिषय पनि उठाइन् । मन्त्री भुसालले  जलविद्युत उत्पादनलाई तीव्रता नदिने हो भने जलविद्युत उत्पादनको लक्ष्य पूरा गर्न नसकिने बताइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार