काठमाडौ। नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार आरोपका सम्बन्धमा प्रहरीले प्रमाण संकलन तथा अनुसन्धान सुरु गरेको छ । उनीहरु बसेको भनिएको नगरकोट र काठमाडौंका होटलका सीसीटीभी फुटेज संकलन गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा प्रहरीले होटल सञ्चालकसँग सोधपुछ र होटलमा भएको दर्ता लगायत अन्य काम पनि गरेको छ। कप्तान सन्दीप दुवै क्षेत्रका होटलमा पुगेको सीसीटिभीबाट पनि पुष्टि भएको प्रहरीले दाबी गरेको छ । भदौ ५ गते राति सिनामंगलको होटलमा पसेको र बिहान त्यहाँबाट गएको पनि फुटेजमा प्रष्ट देखिएको छ।
भदौ ५ गते राति सन्दीपले आफुलाई पटक-पटक बलात्कार गरेको भन्दै १७ वर्षीया किशोरीले मंगलबार लामिछानेविरुद्ध जाहेरी दिएकी थिइन । हाल प्रहरीटोली अन्य ठोस प्रमाण संकलनमा जुटेको छ।