Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङमा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु


    बुधबार, भाद्र २२ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । दाङमा ट्रक दुर्घटना हुँदा ट्रकका सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँ को मृत्यु भएको छ ।

    उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले बताए। 

    ट्राफिक प्रहरी प्रमुख परियारका अनुसार घोराहीबाट भैसीको छाला बाकेर भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा आज (बुधबार) दिउँसो साढे १ बजे दुर्घटनामा परेको थियो ।

    उक्त ट्रक ब्रेक फेल भएर पल्टिएको ट्राफिक प्रहरी प्रमुख परियारले जनाए। अहिले त्यस क्षेत्रको बाटो अबरुद्ध भएको छ । बाटो खुलाउनका लागि प्रहरी परिचालन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार