Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्द्रजात्रालाई विश्वव्यापी बनाउने तयारी गरिरहेका छौँ : मेयर बालेन


    बुधबार, भाद्र २२ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले प्रमुख जात्राको रुपमा  मनाइने इन्द्रजात्रालाई विश्वव्यापी बनाउने तयारी गरिरहेको बताएका छन् ।

    इन्द्रजात्रा सुरु भएको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मेयर बालेनले इन्द्रजात्रालाई विश्वव्यापी रुपमा चिनाउने पुष्टि गरेका हुन्।

    एनले महानगरले त्यहि अनुसार अन्तर्राष्ट्रियस्तरका नगरप्रमुखहरुलाई बोलाएको बताएका छन् ।

    उनले इन्द्रजात्राको लागि व्यवस्थापन समितिबाट काम भइरहेको भन्दै सबै तयारी लगभग पूरा भएको जानकारी दिएका छन् । बालेनले इन्द्रजात्रा काठमाडौं उपत्यकामा मात्र सिमित रहेको भन्दै यसलाई पूरै देशले अपनाउनु पर्ने बताए ।

    ‘जात्रा पर्वहरु पूजाआजा मात्रै नभएर आफैँमा एउटा इन्टरटेनमेन्टसँग पनि जोडिएको, उत्साहसँग पनि जोडिएको, उमंगसँग पनि जोडिएको, खुसीसँग पनि जोडिएको, रमाइलोसँग जोडिएको भएका हुनाले पनि यसलाई जोगाउनु पर्ने हाम्रो कर्तव्य हो ,’ उनले भने’। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार