काठमाडौं । नवलपुर जिल्ला अदालतले जबरजस्ती करणी गरेको अभियोगमा नायक पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि अढाई वर्ष जेल सजाय फैसला गरेका हुन् साथै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।
एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी दिएपछि शाह पुर्पक्षका लागि हिरासतमा रहेका थिए । ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएकी छन् ।
नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख समेत गरेकी थिइन् ।