काठमाडौँ। मुगुमा भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ ।
जिल्लाको छायानाथ रारा नगरपालिकाक वडा नं १३ बामका वर्ष २६ गोरा बहादुर बढुवालको मृत्यु भएको हो ।
नगरपालिकाको १४ नं वडामा रहेको पिलेको धारा भन्ने स्थानमा भिर बाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवाष हमालले बताए ।
उनको शव अहिले जिल्ला अस्पताल मुगुमा राखिएको छ ।