काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने नाबालिकाको स्वास्थ्य परिक्षण गरिएको छ ।
मंगलबार प्रहरी वृत्त गौशालामा एक १७ वर्षीया नाबालिकाले लामिछानेले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिईन् । त्यस घटनापछि प्रहरीले उनको स्वास्थ्य परिक्षण गरेको हो ।
उजुरीमा ती नाबालिकाले गत भदौ ५ गते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौँ ल्याई रातको अन्दाजी ११ः५५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लामिछानेले आफूलाई राखेको दावा गरेकी छन् ।
उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।