काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएको छ । १७ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा मंगलबार प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता टेक प्रसाद राईले नेपाल फेसलाई जनाकारी दिए ।
आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको प्रहरीसमक्ष बयान दिएको प्रवक्ता राईले बताए । प्रहरीका अनुसार टी-२० सिरिज खेल्न केन्या जानु अघिल्लो दिन अर्थात् भदौ ५ गते उनले पिंगलास्थानस्थित होटल काठमाडौँ लगेर करणी गरेको पीडितको भनाइ छ ।
ती नाबालिका कप्तान लामिछानेको ‘फ्यान’ भएको र सामाजिक सञ्जालमार्फत उनीहरुबीच चिनजान भई भेटघाट भएको बताइन्छ । तर, हाल सन्दीप क्रिकेट खेल्ने सिलसिलामा भने विदेशमा रहेका छन् ।
प्रहरी प्रवत्ता राईका अनुसार घटनाको थप विस्तृत अनुसन्धान भईरहेको छ ।