Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  •  एकैदिन ४ हजार बढी चालकमाथि कारवाही 


    बुधबार, भाद्र २२ २०७९
    555
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ । 

    कारवाहीमा पर्नेमा पादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३८, लेन अनुशासन पालना नगर्ने ३३१, रेड लाइटमा सवारी साधन चलाउने ७६, निषेधित क्षेत्रमा हर्न बजाउने २१६ र नम्वर प्लेट राम्रोसँग नराख्ने ४२ जना सवारी चालक रहेका छन् । 

    यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २०८ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार