Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पल शाह प्रकरणः बाल यौन दुरुपयोगमा साढे दुई वर्ष जेल, १० लाख क्षतिपूर्ति 


    मंगलबार, भाद्र २१ २०७९
    685
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई साढे दुई वर्ष जेल सजाय सुनाएको छ । जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले आज बाल यौन दुरुपयोगको कसुरमा अभिनेता शाहलाई उक्त सजाय सुनाएको हो । 

    न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । त्यसैगरी पीडितका अभिभावक र मिडियालाई पनि सचेत गराएको छ । 

    एक नाबालिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । ती नाबालिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार