Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित 


    मंगलबार, भाद्र २१ २०७९
    985
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको मंगलबार बसेको बैठक स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी दिए । 

    केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि छलफल गर्दै निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि उक्त बैठक स्थगित गरिएको हो ।

    आवश्यक गणपूरक संख्या ६९ जना रहनुपर्नेमा ५८ जनाको उपस्थिति रहेकाले बैठक स्थगित गरिएको सभामुख सापकोटाले बताए। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार