Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से परिसूचक २१ अंकले घट्यो 


    मंगलबार, भाद्र २१ २०७९
    630
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से २१ दशमलव २२ अंकले घटेर १९ सय ५१ दशमलव ७९ अंकमा खृुम्चिएको छ ।

    त्यसैगरी, नेप्सेमा आज दुई सय २७ वटा कम्पनीहरुको २४ हजार छ सय २२ पटकको कारोबारमा ३२ लाख नौं हजार नौं सय ८३ कित्ता सेयर किनबेच भएका छन् ।  सोही किनबेचका आधारमा कुल कारोबार रकम एक अर्ब १९ करोड सात लाख ६५ हजार छ सय १३ रुपैंयाँ कायम भएको छ । 

    नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा सामुहिक लगानी कोष समुहको सुचक बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटा समुहहरुको सुुचक घटेका छन् । 

    आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था आदिले कमाएका पनि सानिमामाई हाईड्रो पावर कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी आदिले भने गुमाएका छन् भने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, रिडी हाईड्रो पावर कम्पनी, युनिभर्सल पावर कम्पनी आदिले बढी रकम कारोबार गरेका छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार