काठमाडौँ । काभ्रेको बनेपामा नियन्त्रित औषधिसहित मेडिकल सञ्चालक समातिएका छन् । उनलाई डाक्टरको प्रेस्क्रिप्सनविनै औषधि बिक्री वितरण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बनेपा नगरपालिका ८ स्थित उदय मेडिकल हलका सञ्चालक सत्यश्वर मकै हुन् । उनले उदय मेडिकल हलमा औषधि विनाप्रेस्क्रिप्सन बेचबिखन गरेको प्रहरीको आरोप छ ।
उनको साथबाट प्रहरीले मोकोन–पी ६५ थान ट्याबलेट, कोफ्टाब ३१ थान ट्याबलेट, डिसी क्लोमिन ट्याबलेट बिपी स्पास्मो एन्टिस्पास्मोडिक एक हजार उक सय २० थान, गाबावेल–१५० चार सय चार थान, स्टागन–२५ एक हजार ६ सय ४३ थान र डी–कोफ एक हजार दुई सय ८० थान ट्याबलेट बरामद गरेको छ ।
पक्राउ परेका उनलाई हिजो कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुली बजार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।