Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  नेपाललाई केन्याले दियाे २५६ रनको चुनौती 


    सोमबार, भाद्र २० २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। तेस्रो एक दिवसीय क्रिकेटमा केन्याले नेपाललाई २५६ रनको चुनौती दिएको छ । 

    नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २५५ रन जोडेको हो । अबको केही समयमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । 

    यसअघिका दुई खेलमा नेपालले जित हात पारिसकेको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको सहज जित निकालेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार