Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से परिसूचक ४.२ अंकले घट्यो, कारोबार रकम कति ?


    सोमबार, भाद्र २० २०७९
    560
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से काराेबारको दोस्रो दिन सोमबार पनि घटेको छ। किनबेचका आधारमाआज सेयर कारोबार ९० करोड ९९ लाख रुपैयाँमा सिमित हुन पुगेको छ । आज नेप्से चार दशमलव २९ अंकले घटेर १९ सय ७३ दशमलव एक अंकमा खुम्चिएको छ ।

    कुल ६१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने १० को स्थिर रहेको छ । साेमबार बैंकिङ १.३, विकास बैंक १०.८, फाइनान्स ९.८, होटल तथा पर्यटन ८, जलविद्युत् ६, जीवन बिमा ५, निर्जीवन बीमा ४, अन्य १५ तथा ब्यापार उपसमूह ८ अंक घटे ।

    त्यस्तै, उत्पादन १ र माइक्रोफाइनान्स उपसमूह २ अंक बढे । मैलुङखोला जलविद्युत्‌को मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढ्यो । रुरुको सबैभन्दा धेरै ६‍.५ प्रतिशत घटेको छ । कारोबार भएका कम्पनीहरु मध्ये आज रिडी पावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, नेस्डो लघुवित्त र नेपाल टेलिकम आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार