Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  डेंगु बिरामी बढेसंगै नेपालगञ्जमा लामखुट्टेका लार्भा नष्ट गरिदै


    सोमबार, भाद्र २० २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल देशभर दिनप्रतिदिन डेंगुको संक्रमण बढ्दो क्रममा रहेको छ। डेंगु बिरामीको संख्या बढ्न थालेपछि नेपालगञ्ज उपमहानगरपालिकामा लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्ने अभियान सुरु गरिएको छ ।

    उपमहानगरमा सोमबारदेखी सो अभियान सुरु गरिएको उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख राम बहादुर चन्दले बताए । 

    चन्दका अनुसार स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र स्थानिय बासिन्दाको सहभागितामा डेंगु सार्ने मुख्य माध्यम लामखुट्टेका लार्भा र फुल नष्ट गर्ने अभियान शुरु गरिएको हो । 

    बाँकेमा एघार जनामा डेंगु देखिएपनि लामो समय बाहिरि यात्रामा नरहेका एक जना व्यक्तिमा डेंगु देखिएपछि जनचेतना स्वरुप यस्तो अभियान शुरु गरिएको चन्दले बताएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार