Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामसङ ग्यालेक्सी ए १३’ नेपालमा सार्वजनिक 


    सोमबार, भाद्र २० २०७९
    800
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। सामसङ कम्पनीले ‘सामसङ ग्यालेक्सी ए १३’ नेपालमा सार्वजनिक गरेको छ।

    नयाँ सार्वजनिक गरिएको यो फोन सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित रहेको बताइएको छ।  

    कम्पनीले यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन रहेको पुष्टि गरेको छ ।

    यस फोनमा क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि उपयुक्त रहेको कम्पनीले दाबी गरेको छ। 

    क्वाड क्यामेराको माथिल्लो भागमा ५० एमपी मेन क्यामेरा छ। जसमा ५एमपी अल्ट्रावाइड र २ एमपी डेप्थ र म्याक्रो सेन्सरहरू साथै अगाडि ८  एमपी सेन्सरहरू छन्। 

    जसले तस्बिर र भिडियोहरू खिच्न धेरै सजिलो हुने जनाइएको छ। 

    यो फोन विशेषगरी कन्टेन्ट बनाउनेहरूका लागि उपयुक्त हुने कम्पनीले बताएको छ।

    यसको १५ डब्ल्यू फस्ट चार्जिङ र ५ हजार मिलि एम्पियर ब्याट्री रहेकाले यस फोनमा ब्याट्रीहरू लामो समयसम्म टिक्न सक्छन्। 

    गेमिङ जस्ता उच्च प्रदर्शन गतिविधिहरूका लागि सबैभन्दा धेरै आवश्यक परेको बेला र्‍यामलाई बढावा दिन र्‍याम प्लस जस्ता नयाँ युग सुविधाहरूको परिचय दिएर उत्कृष्ट समग्र अनुभव प्रदान गर्न केन्द्रित रहेको कम्पनीको भनाई छ। 

    यो फोनको बजार मूल्य २१ हजार ४९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार