Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै 


    सोमबार, भाद्र २० २०७९
    495
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् ।

    यसमा सुरुमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

    संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन २० भदौ सोमबारबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आवेदन दिनुपर्नेछ । 

    उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार