काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, तेजावी सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँले बढेको छ। चाँदी आज एक हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।